stcnepal long ad
global ime bank long

बैंक खातामा पठाइयो साग पदक विजेताको पुरस्कार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बिन्धत खेलाडीको बैंक खातामा पठाइएको छ ।
जम्मा ४ सय ३५ पदक विजेता खेलाडीका लागि १९ करोड ५३ लाख रुपैयाँ पठाइएको हो । त्यस मध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ गत चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो । बाँकी खेलाडीको पुरस्कार रकम बुधबार पठाइएको हो । प्रशिक्षक र संघको पुरस्कार क्रमैसंग पठाइने छ ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो । १३ औं सागको उपलब्धी नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिले सम्मकै ठूलो उपलब्धी हो ।

व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ लाख र कांस्यलाई ३ लाख तथा टिममा स्वर्णलाई ६ लाख, रजतलाई ४ लाख र कांस्यलाई २ लाखका दरले पुरस्कार पठाइएको छ । पुरस्कार रकममा कर कट्टा गरिएको छैन ।

IME Lifesidebar
kumari