stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारी खाता अद्यावधिक गर्न पुनः निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सरकारी खाताहरू अद्यावधिक गर्ने निर्देशनलाई नटेर्ने विभिन्न निकायलाई पुनः निर्देशन दिएको छ । राष्ट्र बैङ्कले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका विभिन्न समूहका सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको हो ।
नेपाल राष्ट्र बैङ्कले जारी गरेको सरकारी कारोबार निर्देशिका, २०७६ बमोजिम उक्त सरकारी खातालाई अद्यावधिक गर्न निर्देशन दिएको हो ।
यसअघि २०७६ पुस २७ गते नै सरकारी खाता अद्यावधिक गर्न परिपत्र गरे पनि वाणिज्य बैङ्कहरूले हालसम्म पनि त्यस्ता खाता अद्यावधिक गरी कार्यान्वयन नगरेपछि राष्ट्र बैङ्कले मङ्गलबार परिपत्र गरेको हो ।
महालेखा नियन्त्रक कार्यालयले नेपाल राष्ट्र बैङ्कको सरकारी लेखा फाँँट विभागलाई गत चैत २७ गतेको निर्देशिकाअनुसार खाता सञ्चालन भए नभएको अनुगमन गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार विभागले क वर्गका वाणिज्य बैङ्कहरूलाई सरकारी खाता अद्यावधिक गर्न ताकेता गरेको हो ।
नेपाल राष्ट्र बैङ्कको पत्रमा १० कार्य दिनभित्र सम्पूर्ण सरकारी खाता अद्यावधिक गरी सम्बन्धित सरकारी कार्यालय, महालेखा नियन्त्रक कार्यालय र राष्ट्र बैङ्कको सरकारी लेखा फाँट विभागमा जानकारी गराउन निर्देशन दिएको छ ।आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari