stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

मनोमानीरूपमा यात्रु ओसार्दै गाउँपालिकाको एम्बुलेन्स

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार

बाजुरा । देशभर लकडाउनको समयमा पनि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको एम्बुलेन्सले यात्रु ओसार्ने काम गरेको पाइएको छ । गाउँपालिकाको स्वामित्वमा रहेको सुदूरपश्चिम प्रदेश ००१ झ ३९१ नंको एम्बुलेन्समा छ यात्रु बोकेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

नेपालगञ्जबाट बाजुराका लागि एक प्यारालाइसिस भएका बिरामी राखेर यात्रु ओसारिरहेको अवस्थामा सदरमुकाम मार्तडीमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

नेपालगञ्ज, सुर्खेत, अछाम हुँदै बाजुरा पुगेको उक्त एम्बुलेन्समा छ जना सबै सो गाउँपालिकाका स्थानीयवासी रहेको प्रहरी प्रमुख भट्टराईको भनाइ छ । एम्बुलेन्समा बिरामीको अवस्था हेरेर बढीमा दुई कुरुवा ल्याउन पाउने व्यवस्था भए पनि नियमविपरीत एम्बुलेन्समा यात्रु बोक्नु गलत भएकाले मुद्दा चलाउने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेको भनाइ छ ।

सरकारले आवतजावत नै बन्द गरिसकेको बेला एम्बुलेन्समार्फत यात्रु बोक्दा जोखिम हुनसक्ने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो । गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले भने एम्बुलेन्समा तीन बिरामी आएको र तीन जना सम्बन्धित बिरामीका कुरुवा रहेको बताउनुभएको छ । तर प्रहरीले भने एम्बुलेन्समा एक जना मात्र बिरामी भेटिएको बताएको छ ।

अहिले एम्बुलेन्स प्रहरी नियन्त्रण छ भने आएका यात्रुलाई मार्तडीमा रहेको मालिका माविको क्वारेन्टाइनमा राखिएको छ । लकडाउनकै अवधिमा बाह्रबिस रेडक्रस शाखाको एम्बुलेन्सले पनि यात्रु ओसारेको अवस्थामा समातिएको थियो । से १ च ५२४ नंको एम्बुलेन्समा १० यात्रु बोकेको भेटिएपछि अछाम प्रहरीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सले यात्रु बोक्न थालेपछि रोगको जोखिम बढ्ने पनि देखिएको छ ।

सवारी अनुमतिपत्र खारेज गर्ने

विकृति बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुराले एम्बुलेन्समा सवारी बोके चालक अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको छ । माहामारी र लकडाउनकै अवधिको जोखिम मोलेर एम्बुलेन्समा सवारी बोक्ने र यात्रु ओसार्नमा प्रयोग गरिए लाइसेन्स नै खारेज गर्ने जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सङ्कट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्समा यात्रु बोक्न नपाइने प्रावधान छ तर जिल्लाका सबैजसो एम्बुलेन्समा यात्रुहरु ओसार्ने गरिएको छ । प्रहरीले तत्काल समातेर छोड्ने गर्दा मनोमानीरूपमा एम्बुलेन्स चालकले यात्रु बोक्ने गरेको पाइएपछि चालक अनुमतिपत्र नै खारेज गर्ने निर्णय समितिले गरेको हो ।

विभिन्न प्रकारको सङ्क्रमण र रोगको जोखिमले पनि बोक्न नहुने एम्बुलेन्समा थप माहामारीकै अवधिमा पनि नियमविपरीत यात्रु बोके कडा कारवाहीसहित चालक अनुमतिपत्र खारेज गर्ने निर्णय गरिएको प्रजिअ न्यौपानेले बताउनुभयो ।

एम्बुलेन्समा सवार सबै जनालाई १४ दिन क्वारेन्टाइनमा राख्ने र ¥यापिड डायग्नोष्टिक परीक्षणपछि नेगेटिभ भए थप सात दिन होम क्वारेन्टाइनमा राख्न गाउँपालिकाको सिफारिसमा होम क्वारेन्टाइनमा पठाउने निर्णय गरेको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताउनुभयो । रासस

prabhu mahalaxmi
kumari