stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

पोखरामा गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते आयोजना

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

नेपाल भ्रमण वर्ष २०२०, सचिवालय संगको सहकार्यमा नेपाल सितोरियो कराते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप पोखरामा आयोजना गर्दैछ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता आगामी मार्च ५ देखि ९ तारिखसम्म हुने संयोजक राजीव थापाले जानकारी गराएका थिए । करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङले जानकारी गराउँदै सिनियर, जुनियर र भेट्रानमा गरी जम्मा २७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । अध्यक्ष गुरुङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो प्रतियोगिताले पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै भ्रमण वर्षलाई सफल बनाउन हरेक क्षेत्रले आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु पर्ने धारणा व्यक्त गरेका छन । नेपाल भ्रमण वर्ष २०२० का सदस्य–सचिव बच्चुनारायण श्रेष्ठले खेलकुदको माध्यमबाट पनि विदेशी पर्यटकलाई नेपाल आउन आकर्षित गर्न सकिन्छ भन्ने मान्यताका साथ सो प्रतियोगितालाई सहयोग गर्न लागिएको बताएका थिए । उक्त प्रतियोगिता सञ्चालन गर्न करिब ५ करोड खर्च हुने समेत बताइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long