citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

कानाजावा कप अन्तर्राष्ट्रिय कराते भोलिदेखि

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं, माघ ३ गते । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) को आयोजनामा १२ औं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भोलि शनिबारदेखि हुने भएको छ । सो प्रतियोगितामा कुमुते र काता गरी जम्मा ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले जानकारी गराएका थिए । नेपाल, भारत, पाकिस्तान लगायतका करिब २ सय खेलाडी सहभागी हुने आयोजक संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी दिएका छन । प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजक संघका महासचिव दिलेन्द्रगोविन्द वैद्यले बताए । दुईदिने प्रतियोगिताका खेलहरु सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमीको हलमा खेलाइने भएको जनाइएको छ ।

gold
himalayan life insurance long ad