stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज १९ वर्षमुनिको महिला फुटबल टोली बंगलादेश जाँदै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बंगलादेशमा हुने साफ १९ वर्षमुनिको महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टोली आज ढाका जाँदैछ । नेपाली टोली दिउँसो पौने दुई बजे ढाका प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । एन्फाले ढाका जाने महिला १९ वर्षमुनिको टोलीलाई हिजो बिदाइ गरेको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप डिसेम्बर ११ देखि २२ तारिखसम्म ढाकामा हुनेछ ।

प्रतियोगितामा नेपाल सहित आयोजक बङ्ग्लादेश, भारत, भुटान र श्रीलङ्का सहभागी हुनेछन् । नेपालले आफ्नो पहिलो खेल आयोजक बङ्ग्लादेशसँग डिसेम्बर ११ तारिखमा खेल्नेछ । त्यस्तै दोस्रो खेल श्रीलङ्कासँग डिसेम्बर १५ तथा तेस्रो खेल भुटानसँग डिसेम्बर १७, चौथो खेल भारतसँग डिसेम्बर १९ मा खेल्ने तालिका छ ।

राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल डिसेम्बर २२ मा हुनेछ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले यसअघि नै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् ।

prabhu mahalaxmi
kumari