stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट फर्कायो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अध्यागम कार्यालयले दुबई घुम्न जान लागेका ७६ जना यात्रुलाई त्रिभुवनअन्तर्राष्ट्रिय विभानस्थलबाट फर्काइदिएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थाबाट दुबई घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको बताइएको छ ।

नेपाल एयरलाइन्सको जहाज मार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए । सहकारीबाट जान लागेको बताए पनि उनीहरू कुनै जानकारी विना एक्कासी विभानस्थल आएको र कागजात समेत नभएकोले फर्काइएको हो ।

आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको बताइएको छ ।

prabhu mahalaxmi
kumari