kumari bank
Prabhu Insurance
stcnepal long ad

जर्मनी विश्वकपमा छनोट

एजेन्सी । फिफा विश्वकप–२०२२ को छनोट खेलमा जर्मनीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा जर्मनले नर्थ म्यासेडोनियालाई ४–० ले पराजित गरेको हो । जर्मनीलाई सानदार जित दिलाउनको लागि टिमो वेर्नरले दुई गोल गरे भने काई हाभर्टज र जमल मुसियालाले समान एक(एक गोल गरे । सबै गोल दोस्रो हाफमा भएको थियो ।

५०औं मिनेटमा काई हाभर्टजले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । उनले थोमस मुलरको पासमा गरेका थिए । ७०औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । उले मुलरकै पासमा गोल गरेका थिए । त्यसको तीन मिनेटपछि नै वेर्नरले गोल गर्दै जर्मनीलाई ३–० ले अघि बढाए । उनले फ्लोरियन रिट्जको पासमा गोल गरेका थिए ।

८३औं मिनेटमा जमन मुसियालाले करिम यडियमीको पासमा गोल गर्दै जर्मनीलाई ४–० को फराकिलो जित दिलाए । यो जितसँगै जर्मनी फिफा विश्वकप २०२२ मा छनोट हुने पहिलो राष्ट्र बनेको छ ।

समूह ‘जे’ मा दुई चरणको खेल बाँकी रहँदै जर्मनीले अर्को वर्ष कतारमा हुने विश्वकपको टिक पक्का गरेको हो । जर्मनी ८ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । रोमानिया ८ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित म्यासेडोनिया १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


२६ असोज २०७८, मंगलवार ०६:५५ बजे प्रकाशित

nabil bank