citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

बङ्गलादेशलाई नेपालले हरायो

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा नेपालको राष्ट्रिय महिला टोलिले बङ्गलादेशलाई हराएको छ । मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङशालामा आज अबेर साँझ सम्पन्न खेलमा नेपालका लागि फरवार्ड सबिता राना र प्रिती राईले एक एक गोल गरे । खेल सुरु भएको १३ औं मिनेटमा सबिताले हेडरमार्फत् गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए । बिमला चौधरीको क्रसलाई उहाँले गोलको दिशा दिनुभयो ।

नेपालले सुरुवाती अग्रता पाएको आठ मिनेट नबित्दै प्रिती राईले गोल थप्दै नेपालको अग्रतालाई दोब्बर पार्नुभयो ।

४९ औं मिनेटमा राईले ब्यक्तिगत् दोस्रो र नेपालका लागि तेस्रो गोल गर्ने अबसर पाएको थियो । तर बङ्गलादेशकी डिफेन्डर रुपना चक्माले विफल तुल्याउनुभयो ।

खेलको उत्तराद्र्धतर्फ बङ्गलादेशकी तोहुरा खातुनले गोल गर्दै अन्तरलाई कम गर्नुभयो । ८३ औं मिनेटमा उहाँले गोल गरेपनि बङ्गलादेशका लागि उक्त गोल शान्त्वना मात्रै रहन गयो ।

himalayan life insurance
igi long