citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ऋषि पञ्चमी र नारी व्रत

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

अनिषा रञ्जित 

तीजले बिदा माग्ने बित्तिकै दैलोमा अर्को नारीप्रधान चाडले ढकढक्याँउदछ, स्वागत छ यो ऋषि पञ्चमीको दिन । तीजको व्रत पछि फेरि दिदिवहिनी अनि आमाहरुले आजको दिन पुनः त्यहि उत्सर्ग र उत्साहकासाथ मनाउने दिन हो ‘ऋषि पञ्चमी’ ।

हरियाली मौसममा जताततै हरियाली अनि भिजेका माटाहरु छन्, बादलहरु थोपाथोपा मा पग्लिरहेका छन् अनि जलको स्पर्शले माटोहरु पुलकित भएका छन् ।

रातो सारी, गरगहना अनि नारी भेलाहरुले चोक चौराहा अनि मठमन्दिरहरु खचाखच छन् । आज ऋषि पञ्चमी, अर्थात् नारीहरुले सप्त ऋषिहरुको पूजा अर्चना गर्ने विशेष दिन ।

आजको दिन रजस्वाला हुन शुरु भइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिका लागि पूजा अर्चना गर्ने दिन हो ।

मानव श्रृष्टि नारीहरु विना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोंचले हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो ।

रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।

ऋषि पञ्चमीको इतिहास हजारौं वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरुको यौन तथा प्रजजन स्वास्थ र अधिकारलाई दिएको महत्वको इतिहास ।

नारीलाई रजस्वालाको दिनहरुलाई चारवटा देवीहरु अनुरुप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालनी, दोश्रो दिन ब्रह्मधातिनी, तेश्रो दिन धोबिनी र चौंथो दिन स्नान गरि शुद्ध हुने चलन छ ।

शास्त्रहरुले पनि रजस्वाला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगतको ध्यानाकर्षित गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ ।

गर्भाधान नभएका डिम्बहरु महिलाको गुप्ताङ्गबाट निष्काषित हुने सरल र सामान्य प्रक्रियानै रजस्वाला हो । यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र श्रृष्टिको कारकका रुपमा अभिब्यक्त गर्दै आजका दिनमा रजस्वालालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाईलाई प्राथमिकता दिंदै, महिलाहरुलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ ।

नारीहरु भनेको माया र शक्तिका प्रतिमुर्तीहरु हुन र देवीहरु हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

शक्तिका रुपमा सर्वब्यापी अनि जगतमा सम्पूर्ण कुरामा रहेकी नारीलाई हाम्रो हार्दिक नमन । महिनावारीलाई छुवाछुतसँग तुलना गरिएको शास्त्रीय कथनको अपव्याख्या हो भन्ने प्रष्ट छः
महिनावारीको समयमा पर्याप्त आराम होस् भनेंर परापूर्व कालमा भान्सा अनि अन्य कामहरु गराउन निषेध गरिएको हो ।

पछि गएर यो निषेधलाई छुवाछुत अनि दोषका रुपमा लिन थालिएको हो । स्मरण रहोस् नारीहरुको रजस्वालाको रगत नै जगतको आधार हो, श्रृष्टिको सार यहीबाट शुरु हुन्छ ।

आजको दिन नारीहरुले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडिवुटी गुण यूक्त वनस्पतिको प्रयोग गरेर विहान आफ्नो नित्यकर्म सकाएपछि दात माँज्ने र चपाउने गर्दछन, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो ।

संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरुले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन ।

स्नान गरिसकेपछि पञ्चभाग्य अर्थात दूध, दहि, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाडोमा राखिएको कुराको एक वा दुइ थोपा सेवन गर्ने सनातन चलन पनि चलि आएको छ ।

पञ्चभाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ ।

यसरी विहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरुले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थनागर्दै कश्यप, आरती, भार्गदोज, विश्वमित्र, गौतम, जमदग्नी अनि वशिष्ठलगायतका ऋषिहरुको पूजा र आव्हान गर्ने गरिन्छ ।

त्यस्पश्चात् ब्राम्हणले रितिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।

आजका दिन काठमाण्डौ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरुमा विशेष घूँइचो लाग्ने गर्दछ । यस दिन नारीहरुले आफ्नो शौभाग्यका सुचक सिन्दुर पोते अनि चुरा धागोहरु चढाउने चलन पनि छ ।

आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिकरुपमा उम्रिएका कुराहरु जस्तै कर्कला लगायतका अन्य कन्दमुलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।

वैदिक सनातन हिन्दु संस्कारको वैज्ञानिक चाडहरुमध्ये एक ऋषि पञ्चमीको शुभकामना । अबका दिनमा छुवाछुत र छौपडीका कारणले चेलीबेटीले दुःख पाएको अनि मृत्यूवरण गरेका नमिठा खबरहरु सुन्न नपरोस्, यस जगले रजस्वालाको महत्व चालपाओस् ।

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु विशेष गरेर नारीहरूले मनाउँछन् ।

बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पीना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् ।

नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुई लगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तर्षिर्को पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन छ ।

पञ्चमीमा टेकु दोभानको ऋषेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ। यश दिन ऋषेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्नाले महिलाले रजस्वला हुँदा र यौन सम्बन्ध गर्दाको दोष र पाप नास हुने जनविश्वास रहदै आएको छ। यश दिन टेकुमा युवायुवतीहरूले काठे भाकामा दोहोरी र गीतगाई रमाइलो गर्ने प्रचलन छ। पञ्चमीको दिन दतिवनले नुहाउने गरिन्छ।

काठमाडौं पुर्वका तीन जिल्ला रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोकको संगममा रहेको पबित्र धार्मिक स्थल कुशेश्वर महादेव बिश्वामित्र गुफामा ऋषि पञ्चमीको दिन अरुणदति सहित सप्तऋषिको पुजा आराधाना हुने भएको छ ।

ऋषिपञ्चमीको दिन सप्तरीऋषिको पुजा आराधाना सहित धार्मिक मेला लाग्ने गरेको छ। सोही दिन भब्य मेला सहित पुजा आराधाना हुने भएकाले भक्तजनहरुलाई उक्त पुण्य भुमीमा उपस्थितभई पुजा आराधाना गर्न धार्मिक घुइचो लाग्ने गर्दछ।

हाल रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ मा पर्ने स्थानमा कोभिडको अबस्थालाई मध्यनजर गर्दै सबैलाई स्वास्थ मापदण्ड पालना गरेर उपस्थित हुन अनुरोध गरिएको छ।

मध्यपहाडी लोकमार्गको सडक खन्ने क्रममा गुफा माथिबाट माटो मिल्काउँदा सो गुफा पुरिएर क्षति पुगेको थियो भने अहिले गुफा संरक्षणको कार्य पनि भइरहेको छ ।

यो गुफालाई अहिले पर्यटक स्थलको रुपमा विकास गर्ने गरी खाँडादेवी गाउँपालिकाले पनि काम गरिरहेको छ। विश्वामित्र गुफलाई ऐतिहासिक गुफा मानिन्छ । नदी किनारमा रहेको यो गुफामा विश्वामित्र ऋषिले तपस्या गरेको भनाइ रहि आएको छ ।

सिन्धुली जिल्लामा रहेको ऐतिहासिक कुशेश्वर महादेव मन्दिरको पारिपट्टी रामेछापको राकाथुममा रहेको यो गुफामा तपस्या गर्ने विश्वामित्र ऋषि योगबलले सुनकोसी नदी पार गरी पूजा आराधानाका लागि कुशेश्वर मन्दिर जाने र फर्किएर आई सोही गुफामा ध्यान गर्दथे भन्ने जनविश्वास छ ।

बीपी राजमार्गकै छेउमा सिन्धुलीको दुम्जामा कुशेश्वर महादेव मन्दिर छ । कुशेश्वर मन्दिर नजिकै खैरेनीघाटमा पक्की पुल बनेको कारण कुशेश्वर मन्दिरबाट पाँच मिनेटमा विश्वामित्र गुफासम्म पुग्न सकिन्छ । त्यसैले पनि यो गुफाको महत्व बढदै गएको छ ।

धार्मिक अभियानताका अनुसार पौराणिक नाम रोशमती र सुवर्ण कौशिकी अर्थात् रोसी र सुनकोसीको संगमस्थलमा रहेको कुशेश्वर शिवलिङ्गलाई संसारकै पुरानो शिवलिंग अर्थाता आदिलिंग मानिन्छ ।

विश्वामित्र ऋषि जाडो याममा विश्वामित्र गुफा र गर्मी याममा गुफाको सिधा माथि चपाडीको जङ्गलमा रहेको एउटा विशाल ढुङ्गा मुनी च्यापमा रात बिताउनु हुन्थ्यो भन्ने जनविश्वास छ । उहाँ दिउँसो कुशेश्वर मन्दिरमा झरेर साधना गर्नु हुन्थ्यो ।

अयोध्याका राजा दशरथका पुत्र राम, लक्ष्मण, भरत, शत्रुधनले विश्वमित्रसँग यही आएर धनुसविद्या आर्जन गरेर बिश्वामित्रसँग गायत्री मन्त्र स्मरण गरिएको धार्मिक ग्रन्थ तथा किमदन्ती छ ।

अरुणदति सहित सप्तऋषिको पुजा गरेमा नारीजातीहरुको जन्म–जन्मको पाप नास हुने जनबिश्वास छ। यो धार्मिक स्थानमा ज्ञान र ध्यानका लागि दैवी शक्ति माताहरु समेत आवतजावत गर्ने गरेको बताइन्छ ।

himalayan life insurance
igi long