citizens life insurance long ad
stcnepal long ad

एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार ओमानको मस्कटस्थित जेडब्लू मेरियट होटलमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)( को साधारण सभाका क्रममा भएको ४५ राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिको मतका आधारमा सन् २०३० का लागि कतारले एसियाली खेलकुद आयोजनाको जिम्मेवारी पाएको हो ।

एनओसीका अनुसार कतारको दोहाले सर्वाधिक मत प्राप्त गरेको छ, जहाँ दोहाले २७, रियादले १० मत प्राप्त गरेको थियो भने ८ मत कसैको पक्षमा परेन । दोहाले यसअघि सन् २००६ मा एसियाली खेलकुद आयोजना गरेको थियो ।

यसैबीच सन् २०३४ मा हुने एसियाली खेलकुदको २२ औं संस्करणको आयोजनाको जिम्मेवारी रियादले पाएको छ । आउने १४ वर्षसम्मका लागि एसियाली खेलकुद आयोजनाको जिम्मेवारीको निधो भइसकेको छ ।

एसियाली खेलकुदको १९ औं संस्करण २०२२ मा चीनको हान्झौमा हुदैछ । त्यस्तै, २० औं संस्करण सन् २०२६ मा जापानको आइची–नागोयामा आयोजना हुनेछ ।

IME Life
kumari