citizens life insurance long ad
stcnepal long ad

महासंघको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजेन्द्र भारती चयन

Nimb long ad
Prabhu Insurance Long Ad

ताप्लेजुङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखाको अध्यक्षमा राजेन्द्र भारती चयन हुनुभएको छ । आज सम्पन्न महासंघको आठौँ जिल्ला अधिवेशनबाट भारती अध्यक्षमा सर्वसम्मतले चयन भएका हुन ।

यस्तै उपाध्यक्षमा नरबहादुर सोनाम, सचिवमा हर्कराज गुरुङ, सहसचिवमा विजिता चोङ्वाङ, कोषाध्यक्षमा लीला सुनुवार तथा सदस्यमा शान्ति सिवा र कौशिला मादेन रहेका छन ।

अध्यक्षमा चयन हुनुभएका भारतीले जिल्लामा रहेका घरेलु तथा साना उद्योग र व्यवसायीको हितमा रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन । यसअघि कुमार सिवा महासंघको जिल्ला अध्यक्ष हुन ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला समिति जिल्ला अध्यक्षमा विष्णु श्रेष्ठ चयन भएका छन । उक्त समितिको उपाध्यक्षमा कौशिला मादेन, सचिवमा नैनकला गुरुङ, सहसचिवमा विजिता चोङ्वाङ र कोषाध्यक्षमा शान्ति सिवा चयन हुनुभएको जनाइएको छ । यस्तै सदस्यमा वीरमाया शेर्पा र लीला सुनुवार रहेका छन । महासंघको अधिवेशनसँगै छैटौँ महिला उद्यमी सम्मेलन पनि आजै सम्पन्न भएको हो । रासस

IME Life
kumari