citizens life insurance long ad
stcnepal long ad

माछापुच्छ्रे बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकका अधिकांश सूचकमा सुधार देखिएको हो ।

तीन महिनाको अवधिमा बैंकको नाफा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ पुगेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३१.८७ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष सो अवधिमा बैंकले ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.६० प्रतिशतले बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त आम्दानी १ अर्ब ४६ करोड २ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन मुनाफा गत वर्षको पहिलो तीन महिनामा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँ रहेकोमा बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ११ करोड २१ लाख १४ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ४२ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।

बैंकको कुल निक्षेप संकलन २.१८ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड २३ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १२.३३ प्रतिशतले बढेर १ खर्ब ७२ अर्ब ६४ करोड ९३ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९७ प्रतिशतमा झरेको छ ।

असोज मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३.४३ रुपैयाँबाट बढेर १७.७१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ बढेर १५४.०४ रुपैयाँ कायम भएको छ।

IME Life
kumari