citizens life insurance long ad
stcnepal long ad

इन्डोनेसियामा कोरोना विरुद्धको खोप सबैभन्दा पहिला राष्ट्रपति विडोडोले लगाए

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इन्डोनेसियामा कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा पहिलो त्यहाँका राष्ट्रपति जोको विडोडोले लगाएका छन् ।आज बुधबारदेखि लगाउन सुरु गरिएको खोप सबैभन्दा पहिलो खोप राष्ट्रपति विडोडोले लगाएर देशका नागरिकलाई खोप लगाउने कार्यको सुरुआत गरिएको हो ।

उनले खोप लगाएपछि आफ्नो देशका सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

राष्ट्रपति विडोडोले खोप लगाएपछि सामाजिक सञ्जाल ट्वीटरमा कोरोनाविरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका हुन्।

त्यहाँ सुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकहरूलाई खोप लगाइने र त्यसपछि जोखिमको मात्राका आधारमा प्राथमिकता निर्धारण गरेर सबैलाई लगाइने जनाइएको छ।

अधिकारीहरूका अनुसार इन्डोनेसियाले विभिन्न विदेशी औषधि उत्पादक कम्पनीहरूसँग ३५ करोड खोप किन्नका लागि सम्झौता गरिसकेको छ।

इन्डोनेसियामा कोरोनाका कारण अहिलेसम्म १९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्, भने छ लाख ३० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

 

IME Life
kumari