stcnepal long ad
ime life insurance
national life
global ime bank long

युभेन्टसको पुनरागमन जित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा युभेन्टसले पुनरागमन जित निकालेको छ। टुरिनो मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई २–१ गोलले हराउँदै युभेन्टसले संघर्षपूर्ण जित निकाल्यो।

जितका लागि वेस्टोन म्याक्केनिन र लियोनार्दो बाउन्सिले गोल गरेका थिए। टुरिनका निकोलस एनकोउलोउले खेलको नवौं मिनेटमा गोल गर्दा पाहलो हाफमा युभेन्टस एक गोलले पछि परेको थियो।

एक गोलले पछि परेको अवस्थामा म्याकेनिनले ७७ औं मिनेटमा सिरी एमा पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले जुवन कुअड्राडोले दिएको पासलाई हेडमार्फत गोलमा परिणत गरेका थिए।

त्यस्तै, ८९ औं मिनेटमा कुअड्राडोले नै दिएको पासलाई बाउन्सिले हेडमार्फत गोल गर्दै साविक विजेतालाई जितको सम्मुख पुर्याएका थिए।

तर युभेन्टसका लागि अन्तिम मिनेट भने सुखद् रहेन। उसको बेञ्चमा रहेका गोलकिपर कार्लो निसोगिलो खेलमा सब्टिच्युट नभए पनि रेड कार्ड पाएका थिए।

जितका साथै युभेन्टस सिरी ए अंकतालिकाको तेस्रो स्थानमा छ। ऊ शीर्षस्थानको एसी मिलानभन्दा तीन अंक पछि छ भने इन्टर मिलानभन्दा एक अंक पछि छ।

त्यस्तै शनिबार रातिको अर्को खेलमा इन्टर मिलानले बोलोग्नलाई ३–१ गोलले हराएको छ। इन्टरको मैदानमा सम्पन्न खेलमा घरेलु टिमका रोमेलु लुकाकूले एक गोल गरे भने हाकिमीले दुई गोल गरेका थिए।

अंकतालिकामा एसी मिलनाको २३, इन्टर मिलानको २१ र युभेन्टसको २० अंक छ।

IME Lifesidebar
kumari