stcnepal long ad
ime life insurance
national life
global ime bank long

नव प्रवेशी क्याडिजसँग बार्सिलोना पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना नव प्रवेशी क्याडिजसँग पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोना क्याडिजसँग २–१ ले पराजित भएको हो ।

क्याडिजलाई जित दिलाउनको लागि अल्भारो जिमिनेज र अल्भारो नेग्रेडोले समान एक(एक गोल गरे । बार्सिलोनाले एक गोल उपहार पाएको थियो । क्याडिजले यसअघि पनि रियाल म्याड्रिडलाई १(० ले स्तब्ध पारेको थियो ।

लिओनल मेस्सीसहितका पहिलो रोजाइका खेलाडी लिएर मैदान उत्रिएको बार्सिलोना क्याडिजको घरेलु मैदानमा निरीह बन्यो । खेलको ८ औँ मिनेटमै अल्भारो जिमेनेज गोल गर्दै क्याडिजलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको क्याडिजले दोस्रो हाफमा पनि एक गोल थप्यो भने एक गोले आफ्नै पोस्टमा हान्यो । खेलको ५७ औँ मिनेटमा पेड«ोले आफ्नै पोस्टमा गोल गरेपछि खेल १–१ को बाराबरी भयो ।

आफ्नै पोस्टमा गोल गरेको ६ मिनेटमै क्याडिजले फेरि अग्रता लियो । ६३ औँ मिनेटमा अल्भारो नेग्रेडोले गोल गर्दै क्याडिजलाई अग्रता दिलाए । त्यपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल क्याडिजले जित्यो ।

यो जितसँगै क्याडिज १२ खेलबाट १८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने बार्सिलोना १४ अंकसहित सातौ स्थानमा यथावत रहेको छ ।

IME Lifesidebar
kumari