citizens life insurance long ad
stcnepal long ad

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्यौलमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेपले जनाएको हो ।

खेलको नयाँ मिति चाँडै नै राखेपको बैठकले तोक्ने बताइएको छ । राखेप पदाधिकारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पुर्वाधारका कारण खेल नरोकिने बताउदै आएका छन ।

पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हकी बाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ । हकीको लागि जग्गा खोज्ने काम भैरहेको छ ।

IME Life
kumari