stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाली प्रशिक्षकले अन्तराष्ट्रिय कोच प्रमाण पत्र लिन सफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षकहरुले अन्तराष्ट्रिय कोच प्रमाण पत्र लिनको लागि उत्तीर्ण एवं सफल भएका छन् । विश्व तेक्वान्दो महासंघको आयोजनामा गत आश्विन १६ गते देखि १८ गतेसम्म सञ्चालित 4th world Para Taekwondo Online International Coach Certification Course (Level 1) 2nd to 4th October 2020 मा कार्यक्रम सञ्चालन भएको थियो ।

जसमा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षण कविराज नेगी लामा, आयषा शाक्य र विकेश विडारीले कोर्षमा ३ दिन सहभागि भै उत्तीर्ण भएको छ ।

उक्त कोर्षमा एPara Taekwondo History, Coach Administration Bylaws, Classification, Competition Rules, Safeguarding, Biological Aspects, Games Management, Anti-Doping, Code of Ethics, PSS/ Psychological Aspects  अदि पढाएको र प्रशिक्षण दिएको थियो ।

कक्षा सञ्चालन गर्ने विश्व तेक्वान्दो संघको पारा समिटिको Para Games Chair WT (Educator) Mr. UsmanDildar / Mr.ChakirChelbat ले पढाउने र प्रशिक्षण तथा कक्षा संचालन गरेको थिए ।
सो कोर्ष सकिए पछि (Exam) परिक्षा लिएको थियो जसमा १०० प्रतिशत नै लेखित र ७० प्रतिशत आए मात्र उत्तिण हुने व्यवस्था थियो ।  नेपाली प्रशिक्षकले सोही अनुसार लिखितमा १०० प्रतिशत अंक ल्याएर उत्तीर्ण गरिएको छ ।
प्रशिक्षक कविराज नेगीलामा सन २०१६ मा भएको WTF Partnership Taekwondo Program Para Course,  Muju South Korea मा पनि १६ सम्म कोर्षमा सहभागि भएको थिए ।

IME Lifesidebar
kumari