stcnepal long ad
ime life insurance
national life
global ime bank long

सामाजिक सुरक्षा भत्ता सहकारी मार्फत वितरण गर्ने व्यवस्था मिलाउन माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बागलुङ । सरकारले जेष्ठ नागरिक लगायतलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता सहकारी मार्फत वितरण गर्ने व्यवस्था मिलाउन पश्चिमका ३ प्रदेशका सहकारीकर्मीहरुले माग गरेका छन् ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सोमबार आयोजना गरेको बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा ः सभावना र चुनौती विषयक एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहेको अन्तरक्रियाका सहभागीहरुले सामाजिक सुरक्षा भत्ता सहकारी मार्फत परिचालन गर्दा लक्षित वर्गमा पु¥याउन सहज हुने बताएका हुन् ।

संविधानले सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र सहितको तीन खम्बे अर्थनीति मार्फत समृद्ध मुलुक निर्माणको परिकल्पना गरेको छ, तर व्यवहारमा सहकारी क्षेत्रलाई काम गर्ने अवसर प्राप्त भएको छैन भन्दै सहभागीहरुले सहकारी अभियानले सरकारसंग पहल गरेर सहकारी मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाउनु पर्ने बताए ।

सहकारी मार्फत उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा काम गर्न विभिन्न कानुनहरुका कारण समस्या भएको भन्दै सहकारीकर्मीहरुले सहकारी ऐन अनुसार व्यवसाय गर्न सहज हुने गरी कानुन परिमार्जनका लागि पहल गर्न सहकारी अभियानको शिर्ष नेतृत्वले ध्यान दिन आग्रह गरेका छन् ।

कार्यक्रममा जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुुरपश्चिम प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले उठाएका सवाल तथा जिज्ञासाहरुकालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष के.बीं उप्रेतीले सहकारी मार्फत उत्पादन प्रशोधन र बजारीकरणका क्षेत्रमा प्रभावकारी काम गर्नका लागि सहकारी संघ संस्थाहरुले योजना बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

सहकारी संघ संस्थाहरुको योजनामा सहकारी बैंकले सहयोग गर्ने भन्दै उहाँले सहकार्य गरेर अगाडि बढ्न बैंक सदैव तत्पर रहेको बताउनुभयो ।

सो अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालकहरु भीम तुलाचन, टिका बुढाथोकी र लक्ष्मी प्रसाद शर्मा, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, सञ्चालकहरु माधव जोशी र सन्दिप सापकोटा, ५ नं. प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, रुपन्देही वचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भट्टराई, रुपन्देहीका महेश्वर श्रेष्ठ, दाङका भूपेन्द्र थापा, बाँकेको भूपेन्द्र थापा, कैलालीका डा.गोविन्दराज जोशी, बाँकेका होमप्रसाद सुवेदी लगायतले .सुझाव तथा जिज्ञासा राख्नु भएको थियो ।

५ नं प्रदेश, कर्णाली प्रदेश र सदुरपश्चिम प्रदेशबाट सहकारी बैंकमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु हरिहरनाथ योगी, विजया धिताल र शिवा थापाले बैंंकका शाखाहरु मार्फत भएका काम र आगामी योजना तथा कार्यक्रमहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बैकको वर्तमान अवस्था, आगामी योजना लगायत वित्तीय व्यवस्थापनमा बैंकले गर्ने कार्यहरुका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन बैंकका व्यवसाय प्रवद्र्धन विभाग प्रमुख मधु रायमाझीले गर्नु भएको थियो ।

IME Lifesidebar
kumari