अष्ट्रेलियासँगको टी– ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जित्यो
Birmingham: England's Eoin Morgan and Joe Root celebrate after winning the second semi-final match of the 2019 World Cup between against Australia at the Edgbaston Cricket Stadium in Birmingham, England on July 11, 2019. England won by 8 wickets. (Photo: Surjeet Kumar/IANS)
एजेन्सी ।अष्ट्रेलियासँगको ट्वेन्टी ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ । गएराति भएको दोस्रो खेल ६ विकेटले जितेसँगै इंग्ल्याण्डले श्रृङ्खला नै जितेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा सात विकेट बनाएर एक सय ५७ रन बनाएको थियो ।
तीन रन बनाउँदा दुई विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा उसले एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो ।
तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर सात बल अघि नै भेटायो । उसका लागि जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।
























