stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

४० जना निजामती कर्मचारी पुरस्कृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । १७औ निजामती सेवा दिवसको अवसरमा सरकारले भदौ २२ गते १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गरि ४०जना निजामती कर्मचारीलाई पुरस्कृत गरेको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । उनी काठमाडौमा आएपछि सेवा प्रवाह सुधारमा उल्लेख्य भुमिका खेलेका थिए ।

दाहाल राष्ट्रपति विधा देवि भण्डारी निकट सहसचिव हुन । त्यसैगरि झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठलाई पनि १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ ।

श्रेष्ठले पनि कमल गाउँपालिकामा उल्लेखनीय सुधारका कार्यहरु थालेका छन् । साथै स्थानीय तहमा सुशासन र विकासका कार्यक्रम सञ्चालन गर्न श्रेष्ठले प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेका छन् । कमल गाउँ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

यसैगरि १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जन ले पाएका छन ।जसमा सुशाील कुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरत कुमार बम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धन बहादुर लामा रहेका छन् ।

यस्तै ५० हजारको निजामती सेवा पुरस्कार ३०जनाले पाएका छन । जसमा रघुराम विष्ट,कुवेर नेपाली, गोपाल प्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनी देवी कार्की, अञ्जन कुमार मिश्र ,बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जित कुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य लगायत रहेका छन् ।

No description available.

No description available.

prabhu mahalaxmi
kumari