stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

एभरेस्ट महिला भलिबल लिगमा ललितपुर पोखरासँग पराजित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ । हिजो भएको खेलमा ललितपुरलाई पोखरा निन्जाजले ३–० को सोझो सेटमा हराएको हो । पोखराको यो पहिलो जित हो ।

त्यसअघि हिजो भएको पहिलो खेलमा कर्णाली यश्विसले मधेश युनाइटेडलाई ३–० ले हराउँदै एक खेल अगाडि नै फाइनलमा प्रवेश गरिसकेको छ ।

अब फाइनलमा काठमाडौं स्पाइकर्स र ललितपुरमध्ये एक टिम फाइनलमा पुग्नेछन् । ललितपुरले भने आफ्नो अन्तिम लिग चरणको खेलमा कर्णालीलाई कम्तीमा दुई सेट हराउनुपर्नेछ ।

आज हुने पहिलो खेलमा काठमाडौं र पोखरा तथा दोस्रो खेलमा लुम्बिनी र मधेशबीच प्रतिस्पर्धा हुनेछ ।

गएको भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । हिजोदेखि प्रतियोगिता फेरि शुरू भएको हो ।

काठमाडौंको  त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेल भइरहेको छ । ६ वटा टोली सहभागी प्रतियोगितामा शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल यही २९ गते हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long