stcnepal long ad
global ime bank long

एनएमबि लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ।

उक्त वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षमा लोभलाग्दो प्रगति गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्म ७१ लाख ५४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ७७.८७ प्रतिशतको वृद्धि सहित १ करोड २७ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ८ लाख रुपैयाँबाट ६८.५५ प्रतिशतको वृद्धि सहित १३ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि ९ करोड ८ लाख रुपैयाँबाट ६६.४७ प्रतिशतको वृद्धि सहित १५ करोड १२ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ७१ लाख ३९ हजार रुपैयाँ मात्रै सञ्चालन नाफा गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १५४.६० प्रतिशतको वृद्धि गर्दै १ करोड ८१ लाख ७६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ।

कम्पनीको खराब कर्जा ६.३७ प्रतिशतबाट घटेर ४.६३ प्रतिशतमा झर्दा प्रतिशेयर आम्दानी ३.९७ रुपैयाँबाट बढेर ७.०६ रुपैयाँ कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १४१.०१ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ७ करोड २९ लाख रुपैयाँ रहेको छ। यता रिजर्भ कोषमा २२ करोड ३ लाख रुपैयाँ सञ्चिति छ भने जगेडा कोषमा ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीले ७ अर्ब ३ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरी १ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

IME Lifesidebar
kumari