stcnepal long ad
Himalayan bank
national life

टी–२० विश्वकप छनोट: आज कुवेतसँग खेल्दै नेपाल

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । टी–२० विश्वकप एसिया(इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग खेल्दै छ। ओमानमा हुने यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजे खेल्नेछ ।

आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० कप छनोटका लागि एसिया क्षेत्रका नेपाल सहित ९ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

समूह ‘ए’ मा मलेसिया, कतार र यूएई, समूह ‘बी’ मा जापान कुवेत र नेपाल, समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामओ रहेका छन् ।

आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले शुक्रवार जापानसँग खेल्नेछ । त्यस्तै, आजै अन्य दुई खेल पनि हुँदै छन् । प्रतियोगिताको पहिलो खेलमा ओमान र सामाओ तथा दोस्रो खेलमा यूएई र कतारबीच प्रतिस्पर्धा हुँदै छ ।

kumari bank
kumari
nawakantipur long