stcnepal long ad
national life

सिद्धार्थ बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसमध्ये ५ प्रतिशत बोनस सेयर रहेको छ भने ५.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।

यही असोज २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा रु। ३ अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो वर्षको तुलनामा रु २८ करोड अर्थात् ९.३०५ को वृद्धि हो । यसैगरी बैंकको वितरणयोग्य मुनाफा रु। १ अर्ब ८३ करोड कायम रहन आएको छ ।

खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केही संकुचन आएको देखिन्छ, जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट रु १ अर्ब ४६ करोड रकम ऋणपत्रको लागि पूँजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो ।

यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भएपश्चात् सेयरधनीहरुलाई नै वितरण गरिन्छ ।

यसर्थ उक्त विनियोजित रकम रु १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा रु ३ अर्ब २९ करोड कायम हुन आउँछ जुन प्रतिशतको हिसाबमा हेर्दा २३.४१५ को प्रतिफल हो ।

यसैगरी प्रतिकूल बजार अवस्थाका बाबजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई २.६२ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

२०८२ असार मसान्तमा बैंकको चुक्ता पूँजी रु १४ अर्ब ८ करोड रहेको छ भने जगेडा कोष रु १६ अर्ब ८७ करोड रहेको छ । बैंकको नेटवर्थ रु ३० अर्ब ९६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु। २ अर्ब ८९ करोडले वृद्धि भएको छ ।

यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रतिसेयर रु २१९.७७ रहेको छ, जुन गत आर्थिक वर्षमा रु १९९.२१ थियो । यो गत आवको तुलनामा १०.३२ प्रतिशतले वृद्धि हो ।

साथै, यस आर्थिक वर्षमा बैंकको प्रतिसेयर आम्दानी रु २३.८९ रहेको छ, जुन गत आवमा रु २१.८६ थियो । यो गत आवको तुलनामा ९.३० प्रतिशतको वृद्धि हो ।

gold
kumari bank
kumari
nawakantipur long