stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इटालियन सिरी ‘ए’ पार्मामाथि एटलान्टाको पुनारागमन जित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इटालियन सिरी ‘ए’ मा एटलान्टाले पार्मामाथि २–१ को जित निकाल्दै खेलमा पूनरागमन गरेको छ । एटलान्टाले पार्मालाई उसकै मैदानमा हराउँदै दोस्रो स्थानमा रहने सम्भावनालाई जीवितै राखेको छ ।

एटलान्टाको जितमा रुस्लान मालिनोभ्स्की र एलजान्द्रो गोमेजले गोल गरे । घरेलु टोलीका डिजान कुलुसेभ्स्कीले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर डिजान कुलुसेभ्स्कीले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाएका थिए । तर, पार्माले त्यो अग्रतालाई जोगाउन सकेन ।

७०औं मिनेटमा रुस्लान मालिनोभ्स्कीले गोल गर्दै एटलान्टालाई खेलमा फर्काए । ८४औं मिनेटमा एलेजान्द्रोले गोल गर्दै एटलान्टालाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा एटलान्टा विजयी हुन सफल भयो । यो जितले एटलान्टाले दोस्रो स्थानमा रहने सम्भावना जीवितै राखेको छ ।

एटलान्टाको ३७ खेलबाट ७८ तथा समान खेलबाटै इन्टर मिलानको ७९ अंक छ । लिग चरणको अन्तिम खेलमा एटलान्टा र इन्टरबीच प्रतिस्पर्धा हुने भएकाले यो खेलपछि दोस्रो स्थानमा रहने टोलीको टुंगो लाग्नेछ । युभेन्टस दुई खेल बाँक छदै सिरी ‘ए’ को च्याम्पियन बनिसकेको छ । पराजित पार्मा ४६ अंक जोडेर ११औं स्थानमा छ ।

prabhu mahalaxmi
kumari bank
kumari