stcnepal long ad
global ime bank long

नेपाल ओमानसँग १८ रनले पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडाैं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित ५० ओभरमा दिएको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ७९ रन जोडेर अलआउट हुन पुग्याे ।

नेपालको लागि शरद भेषवाकरले सर्वाधिक ५५ रन जोड्न सफल भए । भेषवाकरले अर्धसतकीय पारी खेले पनि नेपालले जित हासिल गर्न सकेन। उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ रनको योगदान गर्दा सन्दीप लामिछानेले २८ रन जोडेका थिए भने टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा १ सय ९७ रन जोडेकाे थियाे ।

उसका लागि मोहम्मद नदिमले सर्वाधिक ५९ रन जोडे। जवाफी ब्याटिङमा उत्रेको नेपाललाई सुरूआतमै झट्का लागेको थियो।

नेपालले कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान समेत रहेका पारस खड्कालाई सस्तैमा गुमाउनु परेकाे थिायाे ।

टोलीका शीर्ष ३ टोली सोझैं विश्वकप छनोट चरणमा पुग्नेछन् । समूहमा हालसम्म ८ खेलबाट ६ खेल जितेको अमेरिका शीर्ष स्थानमा रहेकाे छ भने नेपालको लागि सिरिजमा यो पहिलो खेल हो । अब नेपालले अर्को खेल अमेरिकासँग शनिबार खेल्नेछन् ।

IME Lifesidebar
kumari