citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

एनआईसी एशिया र सूर्या लाइफबीच डिजिटल भुक्तानी सम्बन्धी सम्झौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनी बीच सम्झौता भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिंदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको सम्झौताले ग्राहकहरु थप लाभान्वित हुने भएका छन् । सो सम्झौता अनुसार सूर्या लाइफका ग्राहकहरुले बैंकका क्यूआर कोड, कार्ड पीओएस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरी रकम भुक्तानी गर्न सक्ने छन् ।     सम्झौता पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउने छन् भने भीड रहित र सरल सेवा पनि प्राप्त गर्न सक्ने छन् ।

gold
himalayan life insurance long ad