stcnepal long ad
global ime bank long

सिटिजन्स बैंकको ‘सिटिजन्स स्मार्ट बचतखाता’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनैपनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् । यस खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क अन्तर शाखा कारोबार, अनलाइन कारोवार गर्न सुरक्षित प्रविधिमा निःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाता खोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् ।
यस योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५०५ छुट पाउने छन् । यस खातावाहकहरुले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा सिटिजन्स बैंकले जानकारी दिएको छ ।
यो खाता पूर्ण रुपमा डिजिटल प्रविधि तथा कागज रहित (वातावरण मैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्ट भने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।
अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०५ सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।

IME Lifesidebar
kumari