त्रिदेशीय मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । ताजिकिस्तानमा हुने त्रिदेशीय कपका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ । राष्ट्रिय फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार किरणकुमार लिम्बूको कप्तानमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
कात्तिक २८ गते नेपालले पहिलो खेल ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ । अखिल नेपाल फुटबल संघले एक साताअघि नवीन न्यौपानेले राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मा दिएको थियो ।
यस्तो छ नेपाली टोली
गोलकिपर : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल सुनार
डिफेन्डर स्: अभिषेक लिम्बू, रोहित चन्द, छिरिङ लामा, विमल पाण्डेय, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदीप पौड्याल, अन्जल महर्जन
मिडफिल्डर स्: रोहन कार्की, मणि लामा, एरिक विष्ट, अरबिन्द राई, भरत खवास, उत्सव राई, मनीष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ
फरवार्ड : जिलेस्पी जंग कार्की, अन्जन विष्ट, निराजन धामी