stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

टी–२० विश्वकप: नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आइसिसी टी–२० विश्वकपमा नेपालको समूहमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ। सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका लगातार तेस्रो पटक विजयी हुने क्रममा बंगलादेशविरूद्ध ४ रनको रोमाञ्चक जित निकालेको हो।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो। बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे। कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २र२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ११३ रन बनाएको थियो।
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रन बनाए। उनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

डेभिड मिलरले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरी २९ रन जोडे। क्वीन्टन डीककले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी १८ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ बंगलादेशका तान्जिम हसन साकिबले ३, तास्किन अहमदले २ र रिशद होसेनले १ विकेट लिए। लगातार तेस्रो जितसँगै श्रीलंकाले अन्तिम ८ मा स्थान पक्का गरेको छ। अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ।

समूहको दोस्रो स्थानमा रहेको बंगलादेशले दुई खेलमध्ये १ जित र १ हार ब्यहोरेको छ। बंगलादेशले अब नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ। नेदरल्याण्ड्स तेस्रो, नेपाल चौथो र श्रीलंका पुछारमा छ।

दक्षिण अफ्रिकाबाहेक बाँकी तीन देशले दुईरदुई खेल खेलेको छ भने नेपालले एक खेल मात्रै खेलेको छ। नेपालले अब श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।

prabhu mahalaxmi
kumari