citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

एटलान्टालाई युरोपा लिगको उपाधि

kumari bank
Prabhu Insurance Long Ad
global bank

जर्मन क्लब बायर लिभरकुसेनलाई पराजित गर्दै इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि उचालेको छ । बुधबार राति अभिभा स्टेडियम डब्लिनमा भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो ।

पहिलो  पटक फाइनल पुगेको एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । खेलको १२औं मिनेटमा लोकमनको गोलमा एटलान्टाले शुरूआती अग्रता बनाएको थियो। २६औं मिनेटमा लोकमनको व्यक्तिगत दोस्रो गोलमा एटलान्टाले अग्रता दोब्बर गर्‍यो ।

खेलको ७६औं मिनेटमा लोकमनले व्यक्तिगत तेस्रो गोल गर्दा ह्याट्रिक पूरा गरेका हुन् ।

पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको लिभरकुसेनले उपविजेतामा चित्त बुझायो । एटलान्टासँगको हारसँगै जर्मन च्याम्पियन लिभरकुसेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिभरकुसेन यो सिजन ५१औं खेलसम्म अपराजित रहेको थियो ।

२७ मे २०२३ को जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३–० ले पराजित भएयता लिभरकुसेन अपराजित थियो । जसमा ४२ खेलमा जित र ९ खेलमा बराबरीको नतिजा छ ।

gold
himalayan life insurance long ad