stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बिहीबारको मौसम: मुलुकका अधिकांश स्थानमा वर्षाको सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ।

कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक(दुई स्थानमा मेघगर्जन/चट्याङ/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

prabhu mahalaxmi
kumari