stcnepal long ad
national life

बायर्न म्युनिखले उचाल्यो जर्मन कपको उपाधि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले जर्मन कपको उपाधि पनि उचालेको छ । गएराति बर्लिनमा भएको फाइनलमा बायर लेभरकुजनलाई ४–२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

खेलमा दुई गोल गरेका बायर्नका फरवार्ड रोवर्ट लेवान्डोस्कीले यस सिजन ५० गोल समेत पूरा गरेका छन् । ओलम्पिक स्टेडियममा भएको खेलको १६औं मिनेट डेविड अलावाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

२६औं मिनेटमा सर्जी जीनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पहिलो हाफमा बायर्नलाई सोही अग्रतालाई कायम राख्यो ।

५९औं मिनेटमा लेवान्डोस्कीले बायर्नका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा लेभरकुजनका स्भेन बेन्डरले गोल गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरे ।

तर ८९औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नले ४९१ को अग्रता बनायो । ९०औं मिनेटमा लेभरकुजनका काई हाभार्टले पेनाल्टीमा गोल फर्काए ।

यस जितपछि बायर्नले अपराजित यात्रालाई २६ खेलसम्म पु¥याएको छ । यस्तै सबैखाले प्रतियोगितामा गरी बायर्नको यो लगातार १७औं जित हो । बायर्नले २०औं पटक जर्मन कप जितेको हो । दुई गोल गरेका लेवान्डोस्कीले यस सिजन ४४ खेलमा ५१ गोल गरिसकेका छन् ।

gold
kumari bank
kumari
nawakantipur long