citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्पेनिश ला लिगाको उपाधि रियल म्याड्रिडलाई, रियलको ३६ औं उपाधि

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रियल म्याड्रिडले स्पेनिश ला लिगाको उपाधि जितेको छ । बार्सिलोना जिरोनाविरुद्ध ४–२ ले पराजित भएसँगै रियलले लिग उपाधि जित्ने पक्का भएको हो । बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो ।

रियलको  ३४ खेलमा ८७ अंक रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ खेलमा ७३ अंक छ । रियलले गएराति नै भएको खेलमा काडिज विरुद्ध ३–० को जित निकालेको छ । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिंघम र जोसेलुले एक एक गोल गरे ।

३६ पटक स्पेनिश लिग जितेर रियलले पहिलो कीर्तिमानी बनाएको छ । दोस्रो धेरै लिग उपाधि जितेको बार्सिलोनाको २७ पटक उपाधि जितेको छ ।

himalayan life insurance
igi long