evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा रुपमा प्रयोग गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा बिहान ९ बजे हुने विशेष कार्यक्रममा भाषा प्रयोगको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नेवारी र तामाङ भाषा आजदेखि व्यवहारिक रुपमा प्रयोगमा ल्याउन लागेको जानकारी दिए ।

बज्राचार्यका अनुसार भाषा कार्यान्वयनको घोषाणा अघि वसन्तपुरबाट विभिन्न वेषभूषा र झाँकीसहितको ¥यालीले काठमाडौं नगरको परिक्रममा गर्ने जानकारी दिए ।

बागमती प्रदेश सरकारले प्रदेशमा नेवाः (नेपाल) र तामाङ भाषा सरकारी कामकाजको प्रयोगमा ल्याइने खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

 

igi long
himalayan life insurance long ad