citizens life insurance long ad
stcnepal long ad
national life

थ्रीस्टार हाइड्रोपावरको वार्षिक साधारण सभा आज

हकप्रद सेयर जारी गर्ने प्रस्ताव

Prabhu Insurance Long Ad

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज वैशाख २३ गते आइतबार बस्दैछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारण सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ । तर कति प्रतिशत निष्कासन गर्ने भनेर चाहिँ खुलाइएको छैन ।

साथै, साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते शुक्रबार बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ६ गते बिहीबारसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

साधारण सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long