citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज नेपाल र नेदरल्याण्ड्स भिड्दै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । टी२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । नामिबियाविरुद्ध हिजो ३ रनले विजयी भएसँगै नेपालले फाइनलको आशा जीवितै राखेको छ ।

फाइनलमा दाबेदारी बलियो बनाउन आज नेदरल्याण्ड्सलाई हराउनुपर्नेछ । त्यसपछि भोलि नामिबिया र नेदरल्याण्ड्सबीच हुने खेलको नतिजा पनि कुर्नुपर्नेछ ।

नेपाल यसअघिका दुई खेलमा भने पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो ।

नामिबियाले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ । नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । चार अंकसहित नेदरल्यान्ड्स पहिलो, दुई अंक सहित नेपाल दोस्रो र दुई अंकसहित नामिबिया तेस्रो स्थानमा छन् ।

आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् ।

himalayan life insurance
igi long