stcnepal long ad
ime life insurance
national life
global ime bank long

श्रमिकका लागि घर फिर्ती कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ ।

दूतावासले यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद सकिएर बसेकाको हकमा पाँच सय मलेसियन रिङ्गिट जरिबाना र भिसाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाको हकमा तीन सय मलेसियन रिङ्गिट जरिबाना तिर्नुपर्ने जनाएको छ ।

दूतावासले सूचना सार्वजनिक गर्दै मलेसियामा अवैधानिक रूपमा बसेका नेपालीलाई यो मौकाको फाइदा उठाएर स्वदेश फर्किने अवसर लिन आग्रह गरेको जनाएको छ ।

दूतावासका अनुसार अवैधानिक रूपमा मलेसिया बस्दै आइरहेका घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि मलेसियाको अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन ।

यसका लागि घर फर्कन चाहने नेपालीले स्वयम् प्रक्रियाअगाडि बढाउनुपर्ने दूतावासको सूचनामार्फत जानकारी गराइएको छ । घर फर्कनका लागि वैध राहदानी वा यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) का लागि नेपाली दूतावासमा आवेदन दिनुपर्ने छ । निवेदन दिएको १४ दिनभित्र नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार मलेसियाको अध्यागमन विभागलाई जरिबाना रकम नगदमा तिर्न नमिल्ने भएकाले डेबिट कार्ड वा क्रेडिट कार्डबाट तिर्न सकिन्छ । अथवा ‘टच एन गो ई वालेट’ मार्फत पिन नम्बर लिई पनि जरिबाना रकम तिर्न सकिन्छ ।

दूतावासले आवश्यक कागजात र तोकिएको रकम लिई मलेसियाको अध्यागमन विभागले तोकेकामध्ये आफूलाई पायक पर्ने ठाउँमा गएर आवेदन दर्ता गर्न भनेको छ ।

मलेसिया सरकारले घर फर्किन चाहनेलाई पेराक, पुलाउ, पिनेङ, सेलान्गोल, सङ्घीय क्षेत्र क्वालालम्पुर, सङ्घीय क्षेत्र लाबुवान, सङ्घीय क्षेत्र पुत्रजन्य अध्यागमन विभागको मुख्य कार्यालय लगायतका १४ स्थानमा गएर आवेदन दिन सकिने व्यवस्था गरेको भन्दै नेपाली दूतावासले कागजातविहीन नेपाली आप्रवासीलाई आफ्नो पायक पर्ने ठाउँमा गएर आवेदन दिएर यस अवसरको फाइदा लिन आग्रह गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ।

 

IME Lifesidebar
kumari