stcnepal long ad
Himalayan bank

त्रिकोणात्मक टी–२० सिरिजः नेपाल र नेदरल्यान्डस् भिड्दै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी– २० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । टियु क्रिकेट मैदानमा यो खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमै नेपाल हिजो पाहुना टोली नामिबियासँग २० रनले पराजित भएको छ ।

सुरुवाती ब्याटिङ गरेको नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लेफिट इटनले ३३ बलमा शतक प्रहार गर्दै यसअघि कुशल मल्लको नाममा रहेको ३४ बलमा शतक पुरा गर्ने कीर्तिमान तोड्न सफल भए ।

himalayan life insurance
igi long