macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

‘स्पोर्ट्स् ग्लोबल टुरिजम–२०२४’ आयोजना हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । सउलमा स्पोर्ट्स् ग्लोबल टुरिजम–२०२४ विषयमा एक दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना हुने भएको छ । २०२४ फेब्रुअरी ६ तारिखमा दक्षिण कोरियाको राजधानी सउलमा नेपाली राजदूतावास दक्षिण कोरियाको नेतृत्व तथा ग्लोबल एन आर एन फाउन्डेसन, हानयाङ्ग युनिभर्सिटी र एमआईटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो ।

सम्मेलनको सह(आयोजकमा एनआरएनए दक्षिण कोरिया तथा नेपाल स्पोर्टस् रिसर्च एण्ड प्रमोसन फाउण्डेशन रहेको नेस्पोका अध्यक्ष साम्राज्य विक्रम पाँडेले जानकारी दिएका छन् ।

नेपालको खेलकुद, पर्यटन र संस्कृतिलाई जोडेर मुलुकमा कसरी समृद्धि हासिल गर्न सकिन्छ रु भन्ने सन्दर्भमा विषयविज्ञहरुसँग ज्ञान, सीप र अनुभव आदान(प्रदान गर्ने र राष्ट्रिय विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि एक गतिशील प्लेटफर्म स्थापित गर्ने उक्त सम्मेलनको उद्देश्य रहेको अध्यक्ष पाँडेको भनाई छ ।

नेपालमा आर्थिक, सांस्कृतिक र सामाजिक उन्नतिका लागि खेल पर्यटनको सम्भाव्यतामा केन्द्रित सम्मेलनमा नेपाल, कोरियालगायत विभिन्न राष्ट्रहरूबाट गरी २०० जना भन्दा बढीको सहभागिता रहने पाँडेले बताए ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालबाट संस्कृति तथा पर्यटन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ लगायतका प्रतिनिधि मण्डलको सहभागिता रहने छ ।

सम्मेलनको दोस्रो संस्करण आगामी सन २०२५ को जनवरीमा नेपालमा आयोजना हुने आयोजकले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad