macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

म्यानचेस्टर युनाइटेडको सहज जीत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामविरुद्ध सहज जीत दर्ता गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले ३–० को जीत दर्ता गरेको हो ।

युनाइटेडको जितमा अलेहान्द्रो गार्नाचोले २ गोल गर्दा रास्मस होईलन्डले १ गोल गरे । होईलन्डले २३औं मिनेटमा गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

गार्नाचोले ४९औं मिनेटमा अग्रता दोब्बर बनाए । ८४औं मिनेटमा गार्नाचोले नै व्यक्तिगत दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।

जितपछि युनाइटेड २३ खेलमा ३८ अंकसहित वेस्ट ह्यामभन्दा माथि छैटौं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम समान २३ खेलमा ३६ अंक सहित सातौं स्थानमा छ ।

himalayan life insurance
igi long
NTA long ad