macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि, प्री बजेट छलफलको नयाँ अभ्यास हुँदै

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो ।

नेपालको  संविधानले माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन कार्यतालिका बनाएर अघि बढ्ने दुवै सभाको तयारी छ ।

जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाकारुपमा रहने सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद्को दोस्रो अधिवेशन गत कात्तिक १६ गते अन्त्य भएको थियो ।

संसद्मा जनप्रतिनिधिले निर्वाचन क्षेत्र, जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुमा आकस्मिक, शून्य र विशेष समय मार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने चलन छ ।

यस अधिवेशनको सौन्दर्यकारुपमा यसपटक प्री बजेट छलफलसमेत हुने छ । सरकारले बजेट प्रस्तुत हुने समय जेठ १५ गतेभन्दा तीन महिनाअघि नै यो कार्य सम्पन्न गर्न अध्यादेश जारी गरिसकेको छ । सो अध्यादेशलाई सभाले स्वीकृत प्रदान गरेपछि प्री बजेटसम्बन्धी विषय सदनमा अघि बढ्ने छ ।

अघिल्ला अधिवेशनमा प्री बजेटमाथिको छलफल लामो समयसम्म भए पनि त्यसमा सुधार र संशोधन नहुँदा निरर्थक बन्दै आएको थियो ।

त्यस बेला सांसदले दिएका सुझाव र उठेका प्रश्नका आधारमा सरकारले यस पटक प्री बजेट छलफलसम्बन्धी नयाँ अभ्यास गर्न लागेको हो ।

himalayan life insurance
igi long
NTA long ad