macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बार्सिलोनालाई हराउँदै रियल सुपरकप च्याम्पियन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

रियाद । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले आइतबार बार्सिलोनालाई फाइनलमा ४–१ ले हराउँदै स्पेनी सुपरकपको उपाधि जितेको छ । साउदी अरेबियामा भएको खेलमा जुनियरले आफ्नो खेल जीवनको पहिलो ह्याट्रिक गरे ।

कार्लोस एन्सेलोटीको टिमका लागि उनले ७, १० र ३९ औं मिनेटमा गोल गरे । त्यसमध्ये तेस्रो गोल पेनाल्टीमा सम्भव भएको थियो । रोड्रिगोले रियलका लागि चौथो गोल गरे ।

खेलको अन्त्यमा बार्सिलोना १० खेलाडीमा सीमित रहेको थियो र उसका लागि रोबर्ट लेवनडोस्कीले एक गोल फर्काए । अल क्लासिकोमा रियलको यो लगातार तेस्रो जित हो र यससँगै उसले १३ औं पल्ट सुपर लिगको उपाधि जितेको छ ।

himalayan life insurance
igi long
NTA long ad