stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एसियन कपमा आयोजक कतारको विजयी शुरूवात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

एएफसी एसियन कपमा आयोजक कतारले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली कतारले लेबनानलाई ३–० गोलले हरायो ।

विश्वकपको फाइनल खेल भएको मैदान लुसेलमा घरेलु टोलीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्यो । उसका अक्रम अफिफले २ र अल्मोएज अलिले एक गोल गरे । कतार साविक विजेता टोली हो ।

फिफा विश्व कप आयोजना गरेको डेढ वर्षमै कतारले एसियन कपको १८औँ संस्करण आयोजना गरेको हो । सन् २०२३ मा चीनमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण कतारमा सारिएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।

आज तीन वटा खेल हुनेछन् । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे समूह ‘बी’ को अष्ट्रेलिया र भारत खेल्नेछन् । त्यस्तै, समूह ‘ए’ को चीन र ताजकिस्तानबीच सवा ८ बजे खेल हुनेछ । राति सवा ११ बजे समूह ‘बी’ को सिरिया र उज्वेकिस्तान खेल्नेछन् ।

prabhu mahalaxmi
kumari