citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडिलाई बिस जोर सुट दिने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडि र अफिसियलहरुलाई बिस जोर सुट दिने भएको छ ।

मेरीना इम्पेक्स र नेपाल क्रिकेट सघंबीच उक्त सम्झौता भएको हो । सम्झौतासँगै दक्षिण अफ्रिकामा आयोजना हुने यू १९ विश्वकप क्रिकेटका जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमलाइ मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का, अर्जुज बस्नेत र राम प्रसाद अर्यालले सम्मान सहित बिदाइ गरेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा क्यानका सचिब पारस खड्काले खेलाडिहरुको हौसला बढाउन सहयोग गरेकोमा मेरीना इम्पेक्सलाइ धन्यबाद दिएका थिए ।

नेपाली क्रिकेट खेलाडिहरुको हौसला बढाउन सामाजिक उत्तरदायितव अन्तर्गत उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ । यसअघि पनि टी २० वर्ल्ड कपमा मेरीना इम्पेक्सले नेपाली क्रिकेट टिमलाई चालिस जोर सुट दिएको थियो ।

नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको विदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सचिव टङकलाल घिसिङसहित क्यानका अध्यक्ष र अन्य पदाधिकारिहरको उपस्थिति थियो ।

himalayan life insurance
igi long