macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

वीरगञ्जले काठमाडौंलाई ४–१ गोलले हरायो, ओपोकुको ह्याट्रिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाडौं रेजर्स एफसीलाई हराएको छ ।

आज बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंलाई ४–१ गोलले हरायो । पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा वीरगञ्जले ३ गोल गर्‍यो ।

खेलमा काठमाडौंले शुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । वीरगञ्जको जितमा विलियम ओपोकुले ह्याट्रिक गरे ।

योसँगै ओपोकु एनएसएलको दोस्रो संस्करणमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । उनले खेलको ४५, ५५ र ५७ औँ मिनेटमा गोल गरे । काठमाडौं का जुनिएर ओन्गुइनले १ गोल गरे ।

यो जितसँगै वीरगञ्जले ७ खेलमा ८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । वीरगञ्जले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । ७ खेलमा ९ अङ्कसहित पाँचौँ स्थानमा रहेको काठमाडौंको पनि प्लेअफ सम्भावना कायमै छ ।

himalayan life insurance
igi long
NTA long ad