सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत
?????????????? ????
????????, ? ????
????????????? ???????? ?????????????? ??????????? ??????? ???????????? ?????????? ???? ???? ????? ?????????????? ???? ? ??????? ????????? ????÷????
काठमाडौं । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषदबाट स्वीकृत भएको छ ।
आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
यस्तै बैठकले सामाजिक समितिबाट पेस भएको राष्ट्रिय बालबालिका नीति २०७९ र अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्ण भएको मन्त्री शर्माले बताउनुभयो ।
उहाँका अनुसार सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा २ को खण्ड (ख) को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्याको शून्य दशमलव पाँच प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका अल्पसङ्ख्यक जातजाति (दलित बाहेक) लाई अल्पसङ्ख्यकको रूपमा तोक्ने निर्णय समेत गरेको छ ।
























