macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

जाडोमा छालाको सुरक्षा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । जाडो मौसममा छालामा धेरै समस्या आउने गर्छ । जाडो सुरु भएसँगै छाला सुक्खा हुने रातो हुने, फुट्ने, खस्रो हुनेलगायत छालासम्बन्धी समस्या देखिन थाल्छ । जसको समाधान विभिन्न उपायबाट गर्न सकिने छालारोग विशेषज्ञको धारणा छ ।

जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । सौन्दर्यविद् सुषमा महराले भन्नुभयो, यो समयमा बाहिरी वातारण सुक्खा हुनाले छालामा सोझै असर गर्छ ।

अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो–धुवाँले छालालाई थप नोक्सान पुर्‍याउँछ । उहाँका अनुसार विशेष गरी छाला संवेनदशील भएकालाई यस्तो समस्याले मानिसलाई सताउँछ । जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ ।

जाडोमा छाला सुक्खा हुनेबित्तिकै धेरैजसोले जे पायो त्यही क्रिम दल्छन् । त्यसो गर्नाले छालाको समस्या समाधान हुनुको साटो झन् बढेर जाने उहाँले बताउनुभयो । उहाँले कतिपयलाई छालाको एलर्जीसमेत हुने हुनाले जाडोमा लगाइने क्रिम ९मोस्चराइजर० छनोट गर्दा निकै विचार पुर्‍याउनुपर्ने सुझाव दिनुभयो ।

सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छाला अनुसारको क्रिम ९मोस्चराइजर० छनोट गर्नुपर्ने सुझाव उहाँको छ ।

जाडोमा धेरैले घामको विकिरणसँग सुरक्षा गराउने क्रिम ९सनस्क्रिन० प्रयोग गर्दैनन् । महराले थप्नुभयो, जाडो होस् वा गर्मीको मौसम, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिनको प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ ।

यसै गरी हात धुँदा प्रयोग गर्ने साबुन पनि नरम खालको प्रयोग गर्नुपर्छ । जाडो महिनामा हातको छाला जोगाउन पन्जा लगाउनुपर्ने सुझाव दिँदै विशेष गरी स्कुटर वा बाइक चालकले हातको छाला सुक्खा हुनबाट जोगाउन अनिवार्य रूपमा पन्जा लगाउनु पर्छ ।

मनतातो पानीले नुहाउनु पर्छ । नुहाएपछि हल्का भिजेको शरीरमा नरिवलको तेल वा लोसन लगाउनु पर्छ । यसले पनि शरीरलाई सुक्खा हुनबाट बचाउँछ । कसैको निकै सुक्खा छाला छ भने नुहाउने पानीमा नुन राखेर नुहाउँदा पनि छाला सुक्खा हुन पाउँदैन ।

छालालाई स्वस्थ राख्नेभन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छौँ । यद्यपि यसमा आन्तरिक रूपले नै सचेत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ र सन्तुलित खानेकुरा खानुपर्ने उहाँको सुझाव छ ।

उहाँका अनुसार जाडोमा हिटर तापिन्छ । लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई रुखो बनाउँछ ।

himalayan life insurance
igi long
NTA long ad