sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बायर्न म्युनिखलाई जर्मन बुन्डेसलिगाकाे उपाधि

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ । मंगलबार बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो ।

बायर्नको जितका लागि फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । उनले जेरोम बोटेङको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरेका थिए ।

खेलको ७९ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो । अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड पाएपछि घरेलु टोलीले अन्तिम समयमा एक खेलाडी बढी खेल्न पाएपनि गोल फर्काउन भने सकेन । खेलको ९० औं मिनेटमा ब्रेमेनले अवसर पाएपनि गोलरक्षक तथा कप्तान म्यानुएल नोएर बाधक बने । उनले जस सार्जेन्ट र युया ओसाकोको लगातार प्रहार बचाएका थिए ।

यस जितसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो । दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलमा ६६ अंक रहेको छ । डर्टमुन्डको ३ खेल बाँकी रहँदा बायर्न १० अंकले अगाडी रहेपछि उपाधि पक्का भएको हो । पराजित ब्रेमेन भने अझैपनि रेलिगेसन क्षेत्रमै सिमित छ । टोलीले ३२ खेलमा २८ अंक मात्र जोडेको छ ।

gold
nawakantipur long